

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपी) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । अकस्मात काठमाडौं आएका चौथाइवालेले आइतबार प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।
आइतबार चौथाइवालेले ट्वीटरमार्फत आफूले प्रधानमन्त्री देउवालाई भेटेको जानकारी दिएका हुन् । उनले ट्विटरमा देउवासँगै खिचेको फोटोसमेत शेयर गरेका छन् ।
उनले भेटमा आफूले देउवालाई जनैपूर्णिमा र रक्षाबन्धनको उपलक्ष्यमा शुभकामना दिएको र प्रधानमन्त्री बनेको बधाई दिएको उल्लेख गरेका छन् । यस्तै दुईजनामा पार्टी-पार्टी बीचको संवादको सहमति समेत बनेको उनले जनाएका छन् ।
प्रधानमन्त्री पदमा देउवा नियुक्त भएसँगै भारतीय संस्थापन पक्षका तर्फबाट आउने चौथाइवाले सबैभन्दा उच्च पदाधिकारी हुन् । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन् ।
चौथाइवाले यसअघि गत मंसिरमा नेपाल आएका थिए । सो क्रममा उनले तत्कालीन प्रधानमन्त्री केपी ओलीसहितका नेताहरूसँग गरेको भेटघाट चर्चित बनेको थियो ।
Today I was honoured to call on Prime Minister of Nepal H E @SherBDeuba ji in Kathmandu. I congratulated him for his election as PM and also greeted him on the auspicious occasion of Janeu Purinama and Rakshabandhan. We both agreed to strengthen party to party dialog. pic.twitter.com/525iGXnax1
— Dr Vijay Chauthaiwale (@vijai63) August 22, 2021
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
