काठमाडौं। इंग्लिस प्रिमियर लिगमा टोटेनह्यामले लगातार दोस्रो जित हात पारेको छ।
आइतबार भएको खेलमा टोटनह्यामले उल्भ्सलाई १-० ले हराएको हो। उल्भ्सको
घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन खेलको १०औं मिनेटमा पाएको पेनाल्टीमा डेले अलीले निर्णायक गोल गरे।
दोस्रो जितसँगै टोटेनह्यामले २ खेलमा ६ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा टोटेनह्यामले म्यानचेस्टर सिटीमाथि १–० को जित हात पारेको थियो।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय