• एमालेले माग्यो लुम्बिनी प्रदेशका सभामुखको राजीनामा

  • लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको राजीनामा मागिएको छ । सूर्य चिन्हबाट निर्वाचित दुई प्रदेश सांसदलाई पदमुक्त गर्न पत्र बुझाए पनि सभामुख घर्तीले पदमुक्त गर्न नमिल्ने बताएपछि प्रतिपक्षी नेकपा एमालेले उनको राजीनामा मागेको हो ।

    आइतबार नेकपा एमाले संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले सांसद बैजनाथ चौधरीले सभामुख घर्तीले विधिको शासन विपरीत काम गरेको भन्दै नैतिकताका आधार राजीनामा दिनुपर्ने माग गरे ।

    यस्तै सभामुखले पार्टीको कार्यकर्ता जस्तो व्यवहार गरेको भन्दै उनले सदनबाटै सभामुखलाई ठेगान लगाइदिने चेतावनीसमेत दिए । ‘सदनमै हामी काफी छौं । यस्तै गर्दै गए हामी सभामुखलाई सदनबाटै ठेगान लगाउँछौँ’, उनले भने ।

    एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुख घर्तीले पद अनुकूल आचरण नगरेको र अदालतले जस्तै गरी कारबाही गर्न मिल्दैन भनेर पत्र दिनु हास्यापद निर्णय गरेको टिप्पणी गरे । एमालेले सूर्य चिह्नमा चुनाव जितेका प्रदेशसभा सदस्यद्वय विमला खत्री वली र अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै आएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय