• काठमाडौंमा काेराेना संक्रमितकाे उपचारका लागि १ हजार बेड थपिदै

  • काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोनाको उपचार तथा नियन्त्रणका लागि सरकार जिम्मेवार रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले कोरोनाको उपचार तथा नियन्त्रणका लागि सरकार जिम्मेवार रहेको बताएका हुन् ।

    दोस्रो लहरको संक्रमण जटिल रहेपनि आतंकित हुन नपर्ने र कोरोना उपचारका लागि आवश्यक पर्ने औषधि, अक्सिजन लगायतका सामग्री केही दिनमा नै नेपाल ल्याइने उनले जानकारी दिए । कोरोनाको उपचारको जिम्मा सरकारले लिएको भन्दै भोलिदेखि नै कोभिडको उपचारका लागि काठमाडौं उपत्यकामा थप १ हजार बेड सञ्चालनमा ल्याइने बताए ।

    उनले कोरोना नियन्त्रणका सवालमा कहींकतै त्रुटी भएको र त्यसको नैतिक जिम्मेवार आफूले लिएकाे बताए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय