• प्रचण्ड रुघा-खोकी र ज्वरोले बिरामी, कोरोना रिपोर्ट भने नेगेटिभ

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ केही दिनदेखि अश्वस्थ भएका छन् । उनलाई रुघाखोकी लाग्नुका साथै ज्वरोले आएको उनको निजी सचिवालयले जनाएको छ।

    केही दिनदेखि बिरामी परेर खुमलटारस्थित निवासमै आराम गरिरहेका उनलाई रुघाखोकी र ज्वरो आएपछि कोभिड-१९ परीक्षण गरिएको थियो । प्रचण्डको निजी सचिवालयकी सदस्य तथा छोरी गंगा दाहालले केही दिनदेखि स्वास्थ्यमा समस्या देखिए पनि अहिले अवस्था सामान्य भइसकेको बताएकी छन् । उनले प्रचण्डको कोरोना रिपोर्ट नेगेटिभ आएको पनि बताएकी छन् ।

    ‘देश विदेशबाट धेरै साथीहरुले अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यबारे बुझ्न खोज्नुभएको छ’, उनले भनेकी छन्, ‘अध्यक्षलाई सामान्य रुघा खोकी र ज्वरो आएको हो। कोभिड परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य छ ।`

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय