भारतको नयाँ दिल्लीमा उपचार गराइरहेका नेकपा एमालेका नेता झलनाथ खनालले माधवकुमार नेपाललाई साथ दिने भएका छन् । उनले नेकपा (एकीकृत समाजवादी) पार्टीमा आफ्नो समर्थन रहेको स्पष्ट पारेका हुन् ।
सामाजिक सञ्जालमार्फत उनको सचिवालयले भनेको छ- ‘भारतको नयाँ दिल्लीस्थित एपोलो हस्पिटलमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौँ ।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय