• पार्टी विभाजनमा माधव नेपाललाई साथ नदिएका नेताले भने– दुई दिनमा १० बुँदे कार्यान्वयन नभए विद्रोह

  • काठमाडौं। एमालेका १० जना नेताले अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे प्रस्ताव २ दिनभित्र कार्यान्वयन नगरे विद्रोह गर्ने चेतावनी दिएका छन्।

    विगतमा माधवकुमार नेपालसँग रहेपनि पार्टी विभाजनमा उनको नयाँ पार्टीमा नगएका नेताहरुले १० बुँदे कार्यान्वयनका लागि अध्यक्ष ओलीलाई दुई दिने अल्टिमेटम दिएका हुन् । उनीहरूले कार्यान्वयन नगरे विद्रोह गर्ने र यसले माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो क्षति हुने दाबी उनीहरुले गरेका छन्।
    उनीहरूले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेका थिए। सो छलफलमा ५७ जना सहभागी थिए।

    उनीहरूले १० बुँदेसँगै सहायक डकुमेन्टका रुपमा माइन्युट गरिएको र सोही अनुसार तत्काल २ जेठ, २०७५ को स्थायी कमिटीको बैठक बोलाएर १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर अर्को बैठक बोलाउन माग गरेका छन्।

    तल्लो तहका कमिटीहरु र जनवर्गीय संगठनहरु २ जेठ, २०७५ मा फर्किंदा हुने समस्या हल गर्न निश्चित समय दिएर कार्यदल गठन गर्नुपर्ने उनीहरूको माग छ।

    सो समूहका नेताहरूले १० बुँदे अक्षरशः कार्यान्वयनसँगै १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन अध्यक्ष ओलीलाई र नयाँ पार्टी दर्ता प्रक्रिया अघि नबढाउन नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय