पछिल्लो २४ घन्टामा थप ३ हजार ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६५४ नमूनाको पिसिआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएको हुन् ।
सो अवधिमा १० हजार ५३० नमूनाको पीसीआर र ७ हजार १२४ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो । जसमध्ये २ हजार ७९ नमूनाको पीसीआर र ९६३ नमूनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घन्टामा २२ सय ४४ जना कोरोनामुक्त भएका छन्। योसहित संक्रमणमुक्त हुनेको कुल संख्या ६ लाख ९३ हजार ५४३ पुगेको छ ।
यस्तै शुक्रबार कोरोनाबाट थप २६ जनाले ज्यान गुमाएका छन् । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४५५ पुगेको छ ।
हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४० हजार ३०९ पुगेको छ । कोरोना संक्रमित ७१४ जनाको आइसीयूमा र १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।