• बागमती प्रदेश प्रमुखमा शर्मा सिफारिस

  • सरकारले बागमती प्रदेशको प्रमुख परिवर्तन गरेको छ ।

    प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर यादव शर्मालाई नियुक्त गर्न मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको छ ।बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको प्रसाईंलाई पदमुक्त गरेर बागमती प्रदेश प्रमुख शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माधव नेपाल निकट हुन् ।

    प्रदेश प्रमुख सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त र पदमुक्त गर्ने व्यवस्था छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय