![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/04/beaten-to-death-1538703563-1563041099-1592017534-1599378557.jpg)
काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरोमा परेर एक जनाको निधन भएको छ। गए राति झरेको पहिरोमा परेर स्थानीय ४३ वर्षीय विष्णुप्रसाद लामिछानेको मृत्यु भएको हो।
घर माथिबाट खसेको पहिरो पन्छाउने क्रममा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले बताए।
उनकाअनुसार गए राति २ः३० बजे घरको करेसामा पहिरो पन्छाउने क्रममा खसेको पहिरोमा परेर लामिछानेको मृत्यु भएको हो।
पहिरोमा पुरिएर लामिछानेको मृत्यु भएको हो। उनको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ। पहिराले घरसमेत जोखिममा परेको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय