• एमालेको माधव पक्ष र जसपाको ठाकुर पक्ष दल दर्ता गर्दै

  • राष्ट्रपति विद्यादेवी भण्डारीबाट दल विभाजनसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले विभाजनका लागि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष तयारी थालेका छन्

    सरकारले मंगलबार सिफारिस गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएकाले एमालेको नेपाल पक्ष र जसपाको ठाकुर पक्षले पार्टी विभाजनका लागि आजै अगाडि बढ्ने तयारी गरेका हुन् ।

    नेता नेपाल निकट स्रोतका अनुसार नयाँ पार्टीको नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) राख्ने र चुनाव चिन्ह कलम बनाउने लगभग तय भएको छ ।

    त्यसैगरी निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि दल विहीन अवस्थामा पुगेको जसपाको ठाकुर पक्षले पनि नयाँ दल दर्ता गर्न तयारी अवस्थामा रहेको छ । ठाकुर पक्षले नयाँ दलको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) र चुनाव चिन्ह साइकल राख्ने भएको छ ।

    नयाँ पार्टी दर्ताको विषयलाई लिएर अहिले एमालेको माधव नेपाल पक्ष र जसपाको ठाकुर पक्ष छलफलमा जुटेको छ ।
    अध्यादेशअनुसार पार्टी विभाजन गर्न संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा २० प्रतिशत संख्या पुर्‍याउनु पर्ने हुन्छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय