नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले नै एकताको ढोका बन्द गरेको आरोप लगाएका छन् ।
आफ्नो समूहसम्वद्ध जनवर्गीय संगठनको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताए ।
नेपालले अध्यक्ष ओलीका एकता विरोधी गतिविधि नरोकिए विभाजन अनिवार्य रहेको पनि बताए । उनले उत्साहित भएर संगठन विस्तारमा लाग्न पार्टी पंक्तिलाई निर्देशन पनि दिए ।
अब पार्टीलाई पुनर्गठन गरेर अघि बढ्नुको विकल्प नभएको भन्दै नेता नेपालले नयाँ दल दर्ताको संकेत गरेका छन् ।
नयाँ पार्टी खोल्दा पनि एकताको ढोका खुला राख्ने भन्दै उनले भने, ‘गल्ती स्वीकार गरेर आउनुभयो भने अहिले एकता हुन्छट, भोलि एकता हुन्छ, तीन महिनापछि हुनेछ । चुनावमा तालमेल गरेर जान सकिन्छ ।’
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।