

काठमाडौं। नेकपा (एमाले) को स्थायी कमिटीकाे बैठक आज बस्दैछ।
सरकारले प्रतिनिधिसभाकाे अधिवेशन अन्त्य गरेलगत्तै अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन्।
बैठक बिहान ११ बजे बस्नेछ । एमाले विभाजन वा एकताको निर्णायक मोडमा पुगेका बेला बोलाइएको यो बैठकलाई चासोका साथ हेरिएको छ।
गएराति विज्ञप्ति जारी गर्दै ओलीले एमाले विभाजनका लागि अध्यादेश ल्याउन लागेको भन्दै यो क्षम्य नहुने बताएका छन्। उनले पार्टी एकताको पक्षमा उभिन समेत सबै नेता कार्यकर्तालाइ अनुरोध गरेका छन्।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

सिफारिस
लोकप्रिय