• मध्यरातमा विज्ञप्ति निकालेर ओलीले दिए देउवाालाई चेतावनी

  • काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमाले विभाजन गर्न खोजेको आरोप लगाएका छन् । सोमबार साँझ एक एक विज्ञप्ति जारी गर्दै ओलीले  एमाले र एमालेको संसदीय दलमा विभाजन गर्ने कुनै पनि बाहना र षडयन्त्र क्षम्य नहुने बताएका हुन् । 

    ‘केही समययता नेकपा एमाले र अन्ततः नेपाली कम्युनिष्ट आन्दोलनलाई नै विभाजन गर्ने र समाप्त पार्न खोज्ने गम्भीर षडयन्त्र भैरहेको हामीले देखी भोगिरहेका छौँ । पूर्व घोषित प्रतिबद्धता विपरीत प्रतिनिधि सभाको चालु अधिवेशन हठात अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने र नेकपा एमालेलाई विभाजन गर्ने षडयन्त्र गरिँदैछ,’ ओलीले विज्ञप्तिमा भनेका छन्, ‘नेकपा एमाले र यस पार्टीको संसदीय दलमा विभाजन गर्ने कुनै पन बहाना वा षडयन्त्र पार्टीका लागि मान्य र क्षम्य हुन सक्तैन । तसर्थ पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन अपिल गर्दछु ।’  

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस