

काठमाडौं। सरकारले प्रदेश–२ को प्रदेश प्रमुख परिर्वतन गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले राजेश झा अहिराजलाई पदमुक्त गर्दै हरिशंकर मिश्रलाई नियुक्त गर्न सिफारिस गरेको हो।
अहिराजलाई केपी शर्मा ओली नेतृत्वको सरकारले ७ फागुन २०७७ मा प्रदेश प्रमुख नियुक्त गरेको थियो।
माओवादी केन्द्रका तिलक परियारलाइ हटाएर अहिराजलाइ प्रदेश प्रमुख बनाउने निर्णय ओली सरकारले गरेको थियो।
नयाँ प्रमुख प्रमुखमा सिफारिस भएका महोत्तरीका मिश्र कांग्रेसका पुराना नेता हुन् । उनी २०४८ सालमा महोत्तरीबाट चुनाव निर्वाचित भएका थिए।
प्रदेश प्रमुखमा सिफारिस भएका मिश्र पूर्वमन्त्री रामनारायण मिश्रका छोरा हुन्। रामनारायण बीपी कोइराला नेतृत्वको सरकार हुँदा २०१६ सालमा उद्योग मन्त्री थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
