• निर्वाचन आयोगको ढोका ढकढकाउदै महन्थ ठाकुर

  • जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशका चार प्रदेशसभा सदस्यलाई निष्कासन गर्ने पार्टीको निर्णयविरुद्ध निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।
    ठाकुरले ७ पुस २०७७ पछि जनता समाजवादी पार्टीको कार्यकारिणी समितिको बैठक नै नबसेको र बैठक बोलाउन कुनै सूचना पनि जारी नगरिएको अवस्था चार सांसद निश्कासन गर्ने निर्णय अवैधानिक भएको गुनासो गरेका छन् ।
    ‘गैरकानुनी पत्रलाई आधार मानी त्यस निर्वाचन आयोगबाट कुनै पनि काम कारबाही अगाडि नबढाउन अनुरोध छ’ ठाकुरको ध्याकर्षणमा भनिएको छ ।
    पार्टीको बैठक नै नबसेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले जसपाले सांसदलाई पदबाट निष्काशन गरेको भनी जारी गरेको सूचना प्रथम दृष्टिमै अवैध र गैरकानुनी भएको उनको दाबी छ ।
    लुम्वनि प्रदेशमा जसपाका चार सांसदले पार्टीको निर्णय उंलखन गर्दै मन्त्रीको सपथ लिएका थिए । यस्ता सांसदलाई सुरूवातमा स्पष्टिकरण र पछि निलम्वन गर्ने निर्णय बाबुराम भट्टराई, उपेन्द्र यादव लगायतका नेताहरूले गरेपनि ठाकुर ती सांसदको पक्षमा रहेका छन् । लुम्विनीको यो घटनाले केन्द्र सम्म प्रभाव पारेको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय