• अफगानिस्तानी राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडे

  • एजेन्सी। तालिबानले सिंगो देश कब्जा गरिरहेका बेला अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छाडेका छन् ।

    राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडेको बताइएको छ ।

    तालिबान लडाकूहरुले काबुललाई चारैतिरबाट घेरा हालेका छन् भने शहरी क्षेत्रमा लडाकूहरु प्रवेश गरिरहेका छन् ।

    तालिबानले आफ्नो आक्रमण तीव्र पारेको १० दिनमा नै देशको ठूलो भाग कब्जा गरेका हुन् । तालिबानको नियन्त्रणसँगै राष्ट्रपति घानीमाथि राजीनामाको दबाब थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय