• हवाई यात्रा गर्ने यात्रुलाई हरियो नम्वर प्लेटको सुविधा

  • निशेधाज्ञाको समयमा हवाई यात्रा गर्ने सर्वसाधरणले हरियो नम्वर प्लेटको सावरी साधन प्रयोग गर्न पाउने भएका छन् । सार्वजनिक र निजी सवारी साधान बन्‍द गरिदिएपछि त्रिभुवन विमानस्थलले यस्तो व्यवस्था गरेको हो ।

    विमानस्थल कार्यालयले बिहीबार सूचना जारी गर्दै आन्तरिक तथा अन्तरराष्ट्रिय उडानका यात्रुले विमानस्थलसम्म आवतजावत गर्न हरियो नम्बर प्लेटको ट्याक्सी प्रयोग गर्न पाउने व्यवस्था गरिएको जनाएको छ । यो सुविधा भने विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटका एयरर्पोट प्रिपेड ट्याक्सीको हकमा मात्र लागू हुने छ।

    हवाई यात्रुले वैधानिक हवाई टिकट/पासपोर्ट/भिसा देखाएका आधारमा विमानस्थलमा आवतजावत गर्न सक्ने जनाइएको छ। प्रिपेड ट्याक्सीलाई फोन गरेपछि सम्बन्धित स्थानमा पुग्ने जनाइएको छ ।

    उक्त प्रयोजनका निम्ति सम्बन्धित ट्याक्सीको फोन नम्बरसमेत विमानस्थल कार्यालयले सार्वजनिक गरेको छ। यो सुविधा दुवैतर्फका यात्रुले पाउने छन्। कोभिड १९ महामारी नियन्त्रणका लागि सरकारले आजदेखि राजधानी काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू गरेको छ। यसक्रममा मुलुकको आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान भने नियमित सञ्चालन गर्ने निर्णय गरिएको छ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय