पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अफगनिस्तानमा रहेका नेपाली नागरिक फर्काउन पहल थाल्न सरकारसित अनुरोध गरेका छन् ।
द्वन्द्वग्रस्त अफगानिस्तानमा पहिल्यै नेपालीलाई पठाउन नहुने तर गइसकेकालाई फर्काउन किन्तुपरन्तु गर्न नहुने उनको भनाई छ ।
´अफगानिस्तानमा सुरक्षा संकटमा परेका१४हजार बढी नेपाली कामदारलाई तुरून्त स्वदेश फर्काउन सरकारले आलटाल/वहानावाजी गर्नुभएन। पहिलो त त्यस्ता द्वन्दग्रस्त ठाउॅमा आफ्ना नागरिकलाई पठाउन र जाने वातावरण बनाउनै हुॅदैनथ्यो। गैसकेपछि तिनको जीवनरक्षा गर्नु राज्यको दायित्व हो। किन्तुपरन्तु नहोस्!´ उनले ट्विटरमा लेखेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय