• लुम्बिनीका सांसद पन्थी र घर्ती माधव पक्षमा खुले

  • लुम्बिनी प्रदेशका एमालेका दुई जना सांसद माधवकुमार नेपाल पक्षमा खुलेका छन् । शंकर पोखरेल नेतृत्वको सरकार ढलेपछि प्रदेशसभा सदस्य विष्णु पन्थी र रमा घर्ती नेपाल समूहमा खुलेका हुन् ।

    नेपाल समूहनिकट एमाले रूपन्देहीको शनिबारको बैठकमा सांसद पन्थी र घर्ती सहभागी भएसँगै उनीहरूले कित्ता स्पष्ट भएको हो ।

    सांसद पन्थीले आफू सुरुदेखि नै माधव नेपाल समूहमै रहेको बताए । उनले पोखरेल नेतृत्वको सरकार जोगाउन लागे पनि ५ पुसदेखि नै आफूहरू नेपाल समूहमा रहेको बताए । पन्थी कपिलवस्तुबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने, घर्ती पाल्पाकी समानुपातिक सांसद हुन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय