![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/05/prachanda.jpg)
काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन पुसमा गर्ने प्रस्ताव पेश भएको छ । काठमाडौंमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशन पुस ११, १२ र १३ गते गर्ने प्रस्ताव राखेका हुन् ।
अध्यक्ष प्रचण्डले पेश गरेको राजनीति तथा सांगठनिक प्रस्तावमा महाधिवेशनको मिति प्रस्ताव गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
साथै केन्द्रीय सदस्यहरुको समूह बनाएर अध्यक्ष प्रचण्डको दुवै प्रतिवेदनमाथि छलफल शुरु भएको छ । शनिबार पहिलो दिनको बैठक प्रचण्डको प्रतिवेदनमाथि छलफल गर्ने समूह बनाएर टुंगिएको छ ।
यस्तै आइतबार बिहान ११ बजेसम्म समूहगत छलफल हुने र त्यसपछि पुनः बैठक बसेर निर्णय गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यसअघि विहान ८ बजे स्थायी कमिटी बैठक बस्नेछ । बैठकमा संविधान संशोधनको एजेण्डामाथि पनि छफल हुने भएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)