काठमाडौं। सरकारले कोरोनाको तेस्रो लहर सुरू हुनसक्ने भन्दै तयारी सुरू गरेको छ।
संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालय ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ।
कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले सूचना जारी गरी आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो।
सूचीकृत अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउन निर्देशन दिइएको छ।
यस्तै सूचीकृत अस्पतालहरुमा संक्रमितहरुको तथ्यांक/विवरण दैनिक रुपमा अनिवार्य अद्यावधिक गर्न पनि निर्देशन दिइएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।