• लुम्बिनीको मुख्यमन्त्रीमा केसीलाई समर्थन गर्दै ४२ सांसदको हस्ताक्षर बुझाइयो

  • लुम्बिनी प्रदेशको मुख्यमन्त्री दाबी गर्दै चार दलीय गठबन्धनले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएको छ।

    गठबन्धनले ४२ सांसदको हस्ताक्षरसहित उनीहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई हस्ताक्षर बुझाएका हुन्। गठबन्धनले नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी (सोनाम) लाई मुख्यमन्त्रीमा समर्थन गरेको हो। गठबन्धनलाई एक स्वतन्त्र सांसादले समेत समर्थन गरेका छन्।

    वुधबार अविश्वासको प्रस्तावमाथि छलफल हुनु अगाडि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।

    प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि दाबी पेश गर्न दिउँसो ३ बजेसम्मका समयसीमा निर्धारण गरेका छन् । नेकपा (एमाले) भने सरकारका लागि दाबी पेश नगर्ने जनाइएको छ ।

    प्रदेशसभामा हाल ८० सदस्य रहेकामा बहुमतका लागि ४१ सदस्य आवश्यक हुन्छ । कांग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जनाले सरकारका लागि दाबी पेश गर्न लागेको जनाइएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय