• लुम्बिनीका थप दुई मन्त्रीले पनि राजीनामा बुझाउँदै

  • बुटवल । मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वकाे सरकारका थप दुई मन्त्रीले पनि राजिनामा बुझाउने भएका छन् । सरकारका कृषि मन्त्री विजय वहादुर यादव र उधोग वन वातावरण मन्त्री कल्पना पाण्डेयले मन्त्री पदवाट राजिनामा दिने भएका हुन् । संसदीय दलको बैठकको निर्णय अनुशार सरकारबाट बाहिरिने निर्णय भएको कृषि मन्त्री यादवले बताए ।

    उनले भने – हामी तीन जना मन्त्री सरकारबाट बाहिरिने निर्णय भएको छ । दलको नेता तथा भौतिक मन्त्री सन्तोष पाण्डेले बुझाइसक्नु भएको छ, म र कल्पना पण्डेबाट पनि राजिनामा आउँछ ।

    उनले आफू बाहिर भएको र कल्पना अस्पतालमा भएकोले राजिनामा बुझाउन ढिलो भएको बताए । उनिहरु तीनै जना जसपाको ठाकुर समुहबाट सरकारमा गएका थिए । त्यसकारण उनिहरुलाई जसपाको संस्थापन पक्षले कारबाही गरेको छ । सांसदबाट पदमुक्त तीनै जनाको मुद्दा सर्वोच्चमा विचाराधिन छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय