![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/231173748_3008693002709167_4799129102574400917_n1628645515.jpg)
काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सम्झौता गरेका छन् ।
मेस्सीले मंगलबार बिहान पीएसजीसँग दुई वर्ष सम्झौता गरेका हुन् । मेस्सी सन् २०२३ सम्म पीएसजीमा रहन समहत भएका छन् ।
६ पटकका बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन् ।
बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सी ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न असफल भएका थिए ।
३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । मेस्सीले २१ वर्षपछि बार्सिलोना छाडेका हुन् ।
बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले ७७८ खेलमा ६ सय ७२ गोल गरे ।
मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारेका छन् ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)