• थप ४,९०५ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

  • काठमाडौं। देशभर पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमणका कारण थप ३५ जनाको मृत्यु भएको छ।

    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ११५ जना निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६८० पुगेको छ।

    नेपालमा हालसम्म कोरोनाबाट १० हजार १५० पुगेको छ भने ६ लाख ७३ हजार १९८ जना संक्रमणमुक्त भएका छन्।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय