![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/afganistan.jpg)
एजेन्सी। अफगानिस्तानमा तालिबान र सरकारी सुरक्षा फौजबीच संघर्षमा तीन दिनमा २७ बालबालिका मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
राष्ट्रसंघको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले स्तब्ध भएको बताएको छ।
दुई पक्षबीच लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौं सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ लागेका छन्।
विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरी आफ्नो नियन्त्रण फैलाइरहेको छ। शुक्रवारयता तालिबानले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको छ।
अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ। गत महिनाको हिंसामा मात्र एक हजारभन्दा बढी सर्वसाधारण मारिएका छन्।
सोमबार युनिसेफले जारी गरेको वक्तव्यमा बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे बढिरहेको उल्लेख छ।
कान्दहार, खोस्त र पाक्तिया प्रान्तमा मात्र २७ बालबालिका मारिएको उल्लेख छ। विगत तीन दिनमा ती क्षेत्रहरूमा १३६ भन्दा बढी बालबालिकाहरू घाइते भएको युनिसेफले जनाएको छ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)