• ओलीले संसदमा आज सम्बोधन गर्ने

  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आज सम्बोधन गर्ने भएका छन् ।

    प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा ओलीले संसदमा सम्बोधन गर्न लागेको नेकपा एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । एमाले अध्यक्ष ओलीले आज सरकारको न्यूनतम साझा कार्यक्रमलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सम्बोधन गर्न लागेको भट्टराईले जानकारी दिए ।

    असार २८ गते सर्वोच्च अदालतको फैसलासँगै प्रधानमन्त्रीबाट पदमुक्त भएका ओलीले पहिलो पटक संसदमा सम्बोधन गर्न लागेका हुन् ।

    साउन ३ गते बसेको प्रतिनिधिसभाको बैठकमा शेरबहादुर देउवाले विश्वासको मत लिने बेला मात्रै ओली संसदमा उपस्थित भएका थिए । त्यसयताका बैठकमा भने उनी अनुपस्थित रहँदै आएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय