काठमाडौं उपत्यका कोरोना भाइरसको संक्रमण बढेपछि कसरी नियन्त्र गर्ने भन्ने विषयमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ ।
काठमाडौं, ललितपुर र भक्पुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक दिउँसो २ बजे काठमाडौं जिल्ला प्रशासन कार्यालयमा डाकिएको हो ।
बैठकमा कोरोना संक्रमणको पछिल्लो अवस्थाका बारेमा छलफल गरी निषेधाज्ञाको मोडालिटी फेरेर थप्ने निर्णय हुने बताइएको छ ।
‘आज अन्य निकायसँग पनि छलफल गर्छौँ । त्यसपछि के गर्ने भन्ने टुङ्गो लाग्नेछ,’ काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले भने । बैठकमा छलफल गरेर कुन-कुन क्षेत्रमा रोक लगाउने र खुलाउने निर्णय गरिने उनको भनाइ छ ।
पछिल्लो समय थप गरिएको निषेधाज्ञाको समय भोलि राति १२ बजेबाट सकिँदैछ । कोरोनाको दोस्रो लहरपछि काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।