• तीन हजार ६५१ सङ्क्रमित थपिए, २२ को मृत्यु

  • काठमाडाैं। ​पछिल्लो २४ घण्टामा थप तीन हजार ६५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा १६ हजार ५९४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

    देशभरका विभिन्न प्रयोगशालामा १० हजार ४४५ जनाको आरटी–पिसीआर परीक्षण गर्दा दुई हजार ६०९ जना र ६ हजार १४९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा एक हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

    कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २२ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ११५ पुगेको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप एक हजार ७८४ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय