• प्रधानसेनापति थापा आजबाट बिदा बस्दै, शर्मालाई कामुको जिम्मा

  • प्रधानसेनापति पूर्णचन्द्र थापा आजबाट बिदामा बस्ने भएका छन् । थापा नेपाली सेनाको परम्पराअनुसार अवकास हुनुभन्दा एक महिनाअघि नै बिदामा बस्न लागेका हुन् ।

    प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिँदैछ । उनले अनिवार्य अवकाश पाएका छन् ।

    थापा बिदामा बस्ने भएपछि कायममुकायम प्रधानसेनापतिको जिम्मा प्रभुराम शर्माले पाउनेछन् । सरकारको सिफारिसमा राष्ट्रपतिले बलाधिकृत रथी शर्मा कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा नियुक्त गरिसकेकी छन् ।

    प्रधानसेनापति थापा २०७५ भदौ २४ गते नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय