्करोना भाइरस संक्रमण र मृत्युदर बढेपछि काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग छलफल गर्ने भएका छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणको पछिल्लो अवस्थाका बारेमा सीसीएमसीसँग छलफल हुन लागेको बताए । सीसीएमसीसँगको छलफल सकिएलगत्तै तीन प्रमुख जिल्ला अधिकारहरूको बैठक पनि बस्ने तयारी छ ।
साउन २७ गतेपछि भीडभाड हुने क्षेत्रहरूलाई कडाइ गर्ने तयारीबारे छलफल भएको सीडीओ पराजुलीले जनाए ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय