![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/06/baburam-upendra-1.jpg)
जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय समितिको बैठक डाकेको छ । भदौ १ र २ गते केन्द्रीय पार्टी कार्यालय बालकुमारीमा केन्द्रीय समितिको बैठक डाकिएको हो ।
पार्टीका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले भने बैठक डाकिए पनि अझैसम्म बैठकका लागि कुनै एजेण्डा तय नभएको बताए ।
यता महन्थ ठाकुर पक्षले भने बैठकबारे आफूहरूलाई पत्तो नभएको बताएको छ । जसपा केन्द्रीय सदस्य उमाशंकर अरगरियाले केन्द्रीय कमिटी बैठकबारे आफूहरूलाई जानकारी नभएको बताए ।
पछिल्लो समय निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको छ । आधिकारिकता दाबी गर्दै महन्थ ठाकुर पक्ष अदालत गएको छ । सर्वोच्च अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)