• महँगो पारिश्रमिक मागेपछि फिल्मबाट कार्तिकलाई हटाइएको

  • एजेन्सी, मुम्बई । बलिउड अभिनेता कार्तिक आर्यनलाई फिल्म दोस्ताना २ बाट निकाल्नुको कारण अत्याधिक पारिश्रमिक माग समेत भनेको निर्माण पक्षले खुलासा गरेको छ ।

    यस अघि दुई देखि ३ करोड ?पैयाँ पारिश्रमिक लिएका यी अभिनेताले यो फिल्ममा पनि ३ करोड नै लिने बताईएको थियो । सोही विश्वासमा छायाँकनमा उत्रिएका उनले १० करोड पारिश्रमिक माग गरे । यही महँगो पारिश्रमिक माग गरेको र त्यस भन्दा काममा काम नगर्ने अड्डी कसेका कारण पनि उनलाई फिल्मबाट हटाईएको बताईएको छ ।

    आफुले फिल्म छाड्नुको एक कारण पारिश्रमिक समेत रहेको र फिल्ममा आफुमाथि आर्थिक शोषण भएको आरोप यी अभिनेताले लगाएका छन् । मौखिक सम्झौता भए अनुसारको पारिश्रमिक नपाएको यी अभिनेताको कथन छ । तर आफुह?ले लिखित ?पमै सु?मै पारिश्रमिक तय गरेको र फिल्मको छायाँकन जारी रहेको बेला अनाबस्यक दुःख दिएको र पारिश्रमिक बढाउन पनि दवाव दिएको धर्मा प्रोडक्सनले जनाएको छ ।

    यो फिल्मबाट अभिनेता कार्तिक आर्यनलाई हटाएपछि उनको ठाउँमा अहिलेसम्म कसैलाई पनि राखिएको छैन । फिल्ममा यी अभिनेतालाई हटाउँदा २० करोड भन्दा माथि आफुह?ले घाटा सहनु परेको निर्माता करण जौहरले बताएका छन् । फिल्ममा चाँडै अर्को अभिनेता राखेर छायाँकन अघि बढाउने पनि जौहरको कथन छ । २४ दिनसम्म काम गरेपछि यो फिल्मबाट अभिनेता कार्तिकलाई हटाईएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय