![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/08/bomb.jpg)
सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको छ ।
इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेट बम फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
बाटो मर्मत गर्ने क्रममा बम जस्तो सामग्री देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । फेला परेको ग्रिनेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको सुनसरीका प्रहरी उपरीक्षक थापाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय