• काठमाडौँमा बढ्दै कोरोना जोखिम, सक्रिय संक्रमितमात्रै १० हजार बढी

  • काठमाडौं । काठमाडौं उपत्यकामा अहिले १० हजार सक्रिय कोरोना संक्रमित रहेका छन् । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा गरि १० हजार एकजना सक्रिय संक्रमित छन् ।

    काठमाडौंमा सबैभन्दा धेरै ७ हजार ३९ सक्रिय संक्रमित छन् भने ललितपुरमा १ हजार ७०३ र भक्तपुरमा १ हजार २५९ जनामा संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यी तीन जिल्लामा हालसम्म २ हजार ९७६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । सबैभन्दा धेरै काठमाडौंमा १ हजार ९८०, ललितपुरमा ६०० र भक्तपुरमा ३९६ संक्रमितको मृत्यु भइसकेको तथ्यांक छ ।

    यसैबीच, नेपालभर भने सक्रिय संक्रमितको संख्या ३५ हजार ४३२ रहेको छ ।

    नेपालमा हालसम्म १० हजार ३८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । ७ लाख १२ हजार ७४० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय