• धनुषाका मेयरलाई कार्यकक्षमै मसाज सुविधा !

  • धनुषा । धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासलाई कार्यालय सहयोगी करन दासलाई कार्यकक्षमै खुट्टा मसाज गराइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल भएको तस्विरमा सोफामा मजाले सुतिरहेका मेयर दासलाई एकजना युवकले उभिएर उनको खुट्टा थिचिरहेको देखिन्छन् ।

    मेयर दास नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन् । हाल उनी नेकपा एमालेमा गएका छन् । उनी एमालेमा गएपछि माओवादी केन्द्रले उनलाई स्पष्टीकरण सोधेको थियो ।

    यसबारे मेयर दासले स्पष्टीकरण दिँदै आफू कोरोना भ्याक्सिन लगाएपछि बिरामी परेको र काकाका छोरा भाइले आफूलाई मालिस गरेको बताएका छन् । उनले काकाका छोरालाई कार्यालय सहयोगीका रुपमा नगरपालिकामा जागिर दिएका थिए ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस