• एमालेको आज भनिएको बैठक सोमबारका लागि सर्याे

  • काठमाडौं । नेकपा एमालेको आज बस्ने तय भएको केन्द्रीय कमिटीको बैठक सोमबारका लागि सरेको छ । अध्यक्ष केपी ओलीद्वारा विधान अधिवेशनको तयारीका लागि भन्दै आज बिहान ११ बजेका लागि डाकिएको बैठक सोमबार अपराह्न ३ बजे बस्ने भएको हो । यो बैठक नेकपा एमालेभित्रको केपी ओली र माधव नेपाल दुबै पक्षका लागि निर्णायक मानिएको छ ।

    यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने ओली पक्षको आजको बैठकका आधारमा आफ्ना निर्णय अघि बढाउने संकेत दिएको थियो ।

    ओली पक्षको आजको बैठकपछि नै नयाँ निर्णय गर्ने माधव पक्षका नेताहरुले बताएका थिए । यद्यपि नेपाल पक्षले ओली पक्षलाई बैठक बोलाउन र अधिवेशनका लागि विभिन्न गतिविधि गरेकोमा आपत्ति जनाउँदै त्यस्तो नगर्न चेतावनी दिएको थियो । त्यस्तै अध्यक्ष केपी ओली पक्षले पनि नेपाल पक्षलाई बैठक तथा पार्टीगत गतिविधि नगर्न चेतावनी दिँदैआएको छ। नेपाल समूको बैठकलाई अनाधिकृत भन्दै त्यस्ता गतिविधि गरेमा कारवाही गर्ने चेतावनी समेत दिएको थियो ।

    नेपाल समूहले पनि अध्यक्ष ओली पक्षको आजको बैठकपछि नै आफूहरुले नयाँ निर्णय गर्ने भन्दै यसलाई ‘डेडलाइन’ बैठकको रुपमा लिएको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय