• केपी ओलीलाई माधव नेपालकाे अन्तिम चेतावनी

  • काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई आफूहरूले एकताका लागि अन्तिम मौका दिएको चेतावनी दिएका छन्।

    बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकबाट ओलीलाई आफूहरूसँग एकताबद्ध हुन अन्तिम मौका दिएको बताएका हुन्।

    दोलखाका कार्यकर्ताहरूलाई शनिबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेता नेपालले भने, ‘हामीले अन्तिम मौका दिएका छौं, केपी ओलीलाई। उहाँ २४ गतेको कथित बैठक रोक्नुहुन्छ कि रोक्नुहुन्नरु पार्टी सदस्यता वितरण रोक्नुहुन्छ कि रोक्नुहुन्नरु धमाधम वडा तहसम्म अधिवेशन गर्ने काम रोक्नुहुन्छ कि रोक्नुहुन्नरु’

    उनले अगाडि भने, ‘गाली९गलौजको उहाँको गोला९बारुद बन्द हुन्छ कि हुन्नरु यसबाट उहाँ के चाहनुहुन्छ भन्ने प्रस्ट हुन्छ।’

    अध्यक्ष ओली सुध्रिनेमा आफूलाई विश्वासै नभएको नेता नेपालले बताएका छन्। ‘केपी ओली सुध्रिएलान् भन्ने मलाई फटक्कै पत्यार छैन, आजको डायरीमा नोट गरेर राख्नुस्,’ नेता नेपालले भने, ‘ओली सुध्रिए भने आफूले आग्रह पालेको रहेछु भन्ने ठान्नेछु।’

    ओलीले धमाधम आफ्ना गतिविधि जारी राखेको उल्लेख गर्दै वरिष्ठ नेता नेपालले आफ्ना पक्षलाई पनि देशभर कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन्।

    ‘ओलीले गालीको गोलाबारुदहरू पड्काइरहेका छन्,’ नेपालले भने, ‘हामी म्याउँ म्याउँ गरेर बसिरहेका छौं। म्याउँ म्याउँ गर्नेहरूले केही गर्न सक्दैनन्।’

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस