पछिल्लो २४ घण्टामा काठमाडौंमा १६ सय २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २ सय ४० र भक्तपुरमा १ सय २४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेमा पनि ५ सय १५ जनामा संक्रमण पुष्टि भएको छ भने रुपन्देहीमा ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै दाङमा २ सय ३० जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर भने ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १ सय ६० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।