• गुल्मीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

  • गुल्मीमा गएराति ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

    दुर्घटनामा परेर ट्याक्टर चालक रुरुक्षेत्र गाउँपालिका वडानम्बर-५ निवासी ३३ वर्षका दिपक माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीले जनाएको छ ।

    जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर-६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा सहचालक समान्य घाइते भएको प्रहरीले जनाएको छ ।

    सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको ट्याक्टर दुर्घटनामा परेको थियो ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय