• स्वास्थ्यकर्मीले बिदा नपाउने, बसेकालाई बोलाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

  • काठमाडौं। कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै स्वास्थ्यकर्मीले बिदा नपाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बिदामा बसेकालाई पनि हाजिर हुन निर्देशन दिएको छ ।

    स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले अस्पतालहरुलाई पत्र लेख्दै स्वास्थ्यकर्मीलाई लामो बिदा नदिन र बिदामा बसेकाहरुलाई पनि बोलाउन निर्देशन दिएको हो ।

    मन्त्रालयले कार्यरत जनशक्तिमध्ये ५० प्रतिशतको पालो निर्धारण गरी सेवा दिन, दरबन्दी अनुसार कुनै पद रिक्त भएमा तत्काल जनशक्ति व्यवस्थापन गर्न र थप जनशक्तिको आवश्यकता परेमा ६ महिनाका लागि करारमा भर्ना गर्न निर्देशन समेत दिएको छ ।

    यसैगरी आकस्मिक सेवा दिने तर बहिरंग सेवा तथा अति आवश्यक बाहेकका शल्यक्रिया नगर्न पनि निर्देशन दिएको छ । सघन उपचार तथा आकस्मिक उपचारसम्बन्धी आवश्यक उपकरण र अक्सिजनको व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय