![](https://forwardkhabar.com/wp-content/uploads/2025/01/priminister-kp-oli-80x100.jpeg)
![](https://forwardkhabar.com/wp-content/uploads/2021/07/Arrest.jpg)
मकवानपुर । १२७ किलो अवैध लागुऔषध गाँजासहित ३ जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका ८ सिमपानीस्थित सडकमा बीआरई २८३९ नम्बरको भारतीय ट्रकमा लुकाई ल्याएको उक्त गाँजासहित ३ जनालाई प्रहीरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ट्रक चालक भारत बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारत समस्तिपुर बस्ने १८ वर्षीय किशोर, ट्रकमा सवार पर्सा वीरगंज महानगरपालिका ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अन्सारी रहेका छन् ।
ट्रकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रकको पछाडी ढालामा फल्स बटम बनाई लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
![Avatar photo](https://forwardkhabar.com/wp-content/uploads/2023/07/cropped-unnamed-96x96.jpg)
सिफारिस
लोकप्रिय