• प्रदेश २ मा भ्रष्टाचारी ठहर भएका व्यक्तिनै सरकारका सल्लाहकार नियुक्त

  • जनकपुरधाम । प्रदेश २ सरकारले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई सल्लाहकारमा नियुक्त गरेको छ । भ्रष्टाचारका अभियुक्त जीवनाथ चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सल्लाहकारका रूपमा नियुक्त गरिएको हो ।

    विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिबाना तोकेका चौधरीलाई गत असार २० गते नै नियुक्ति दिइसकेको खुलेको छ । भ्रष्टाचार मुद्दामा अदालतले उनीमाथि चार महिना जेल सजाय र ६ लाख ७५ हजार रुपैयाँ जरिबाना हुने फैसला गरेको थियो । यद्यपि हाल यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस