काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने ४ हजार ५२४ जना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १४ हजार ६७२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३६४ र १ हजार ९ जनाको एन्टिजेन परीक्षणमा १६० जना गरी ४ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।
यो सँगै देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २२५ पुगेको छ ।
कोरोना भाइरस संक्रमितमध्ये आईसीयूमा ३१५ जना र भेन्टिलेटरमा ८४ जना उपचाररत छन् । काठमाडौं उपत्यकामा मात्रै ११२ जना आईसीयू र ४५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।
सिफारिस
लोकप्रिय