स्वास्थ्य मन्त्रालय र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संघर्ष समितिबीच ६बुँदे सहमति भएको छ । बुधबार दुई पक्षबीच ६बुँदे सहमति भएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुद्धीकरण अभियान, संयुक्त संघर्ष समितिले घोषणा गरेका संघर्षका कार्यक्रमहरू हाललाई स्थगित गरेको छ ।
सहमतिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट डा कृष्णप्रसाद पौडेल, मानबहादुर बस्नेत र देवराज भण्डारीले तथा संघर्ष समितिका तर्फबाट संयोजक डा. एसपी रिमाल, सह संयोजक डा. विष्णु पोखरेललगायतका १४ जना सदस्यहरूले हस्ताक्षर गरेका छन् । समितले १६ साउनमा विभिन्न संर्घषका कार्यक्रमहरू घोषणा गरेको थियो ।
सहमितसँगै प्रतिष्ठानका चारैजना पदाधिकारीलाई बर्खास्त गर्ने प्रक्रिया बुधबारबाटै थालिने भएको छ । प्रतिष्ठान शुद्धीकरण अभियानका अभियन्ताले उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरुप्रसाद खनाल, रजिस्ट्रार मोहनचन्द्र रेग्मी र अस्पताल निर्देशक गौरीशंकर साहले अनियमितता गरेको आरोप लगाउँदै उनीहरूलाई पदबाट हटाई छानविन गर्नुपर्ने माग राखेको थियो । समितले १६ साउनमा विभिन्न संर्घषका कार्यक्रमहरू घोषणा गरेको थियो ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।