काठमाडाैं। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा उपयुक्त समयमा नभएको बताएका छन्।
क्यानका अध्यक्ष चन्दले सन्यास लिने पारसको निर्णय अप्रत्यासित रहेको भन्दै यस विषयमा क्यानमा छलफल भइरहेको र औपचारिक धारणा आउने बताए।
“पूर्व जानकारी गराएर सन्यास लिएको भए केही फरक परिस्थिति बन्ने थियो, अचानक सन्यास लिनु क्रिकेट र देशका लागि राम्रो भएन”, उनले भने।
अध्यक्ष चन्दका अनुसार पूर्व कप्तान खड्काले आज बिहान करीब साढे ७ बजेतिर इमेल गरेर सन्यास लिन लागेको जानकारी गराएका थिए।
उनले आइसिसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरू गर्ने तयारी रहेको समेत बताए।
राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान खड्काले क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने सबैप्रति ऋणी रहने भन्दै आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका थिए।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।