• पर्साका लेखा अधिकृतलाई तत्काल हाजिर गराउन कर्मचारीको माग

    Batika News logo
  • काठमाडौँ । पर्सागढी नगरपालिका पर्साका लेखा अधिकृत रामकुमार कशवाहाले आर्थिक वर्ष २०७७÷०७८को अन्त्यमा फर्जी बिल भरपाइ भुत्तानीको प्रक्रिया÷प्रवृत्तिलाई नियन्त्रण गर्न खोज्दा उल्टै कारबाही गरिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् ।

    कुशवाहाले त्यहाँको बेतिथि सच्याउन खोज्दा राजनीीतक दबाब र जालझेल गरी निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले पत्र लेखी महालेखा नियन्त्रक कार्यालयमा कुशवाहालाई फिर्ता पठाएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको कर्मचारीहरुले जनाएका छन् ।

    कार्यपालिकालेसमेत सतही निर्णय गरी रामकुमार कुशवाहालाई गरिएको अनुचित र गैरकानुनी निर्णय तत्काल सच्याएर उनलाई महालेखा परीक्षकको कार्यालयमा हाजिर गराउन त्यहाँका दुई दर्जन बढी कर्मचारीले माग गरेका छन् । कनिष्ठ हाकिम पठाएर वरिष्ठ कर्मचारीको मनोबल गिराउने काम सच्याउन पनि उनीहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानार्षण गराएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस