काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जना कोरोना संक्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२ हजार ४ सय नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ र ८९३ एन्टिजेन परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमित हनेको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ भने हालसम्म ३ हजार १७६ जनाको मृत्यु भएको छ ।
सोमबार थपिएका संक्रमितमध्ये काठमाडौंमा १ हजार ५६७, ललितपुरमा २२३, भक्तपुरमा १२२ जना गरी उपत्यकामा १ हजार ९१२ जना संक्रमित थपिएका छन्।
यस्तै बाँकेमा ३०७, मोरङमा १३४, पर्सामा ९८, चितवनमा ९६ तथा रुपन्देहीमा ९५ जना संक्रमित थपिएका छन् ।
यसैगरी कास्कीमा ६२, झापामा ४३, सुनसरीमा ४२, कञ्चनपुरमा ४१, पाल्पामा ३४, मकवानपुर र बैतडीमा ३२/३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।