• पारस खड्काले अन्तराष्ट्रिय क्रिकेटबाट लिए सन्यास

  • काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा इतिहासकै सर्वाधिक सफल खेलाडी पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् ।

    पारसले सामाजिक संजालमा संदेश राख्दै आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट डेब्यु गरेका पारसले लामो समय कप्तानी पनि सम्हालेका थिए । उनकै कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वकप खेल्नेदेखि ओडीआई मान्यतासम्म प्राप्त गरेको थियो ।

    नेपालका लागि झन्डै १७ वर्ष अन्तर्राष्ट्रिय क्रिकेट खेलेका उनले सफल अलराउन्डरको रुपमा आफूलाई स्थापित गरे । एसोसिएट क्रिकेटकै स्टारका रुपमा रहेका पारसले पछिल्लो समय विदेशी फ्रेन्चाइज लिगमा पनि खेलेका थिए । घरेलु क्रिकेटमा पनि सफल कप्तानका रुपमा दरिएका उनले स्थानीय स्तरमा भने खेल्ने खेल्ने संकेत दिएका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस
    लोकप्रिय